अपडेट 
२०७८ कार्तिक ८, सोमबार १६:३८

नेपालमा सोमबार थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार २ सय ८४ पिसिआर परिक्षणका क्रममा ६७३ जना र २ हजार ५ सय ८० एन्टीजेन परिक्षणका क्रममा १०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ३ हजार ८ सय ४७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३६१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ५०१ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८८ हजार ८ जना निको भएका छन् । हाल नेपालमा १० हजार ३६० सक्रिय संक्रमित आइशोलेशन र २१९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News