अपडेट 
२०७८ कार्तिक १०, बुधबार ०७:३१

जनकपुरधाम । धनुषाको सबैलाका शिक्षकहरुलाई तिहार अगावै तलब दिने भएको छ ।

सबैला नपाका मेयर विजय शंकर साहले तिहार अगावै तलब दिने प्रतिबद्धतना जनाएपछि शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । चालु आर्थिक वर्षमा तलब नपाएपछि शिक्षकहरु आन्दोलित थिए । तलब नदिएपछि घर चलाउन पनि मुस्किल भएको भन्दै शिक्षकहरुले मंगलबार नगरपालिकाभरका सबै विद्यालय समेत ठप्प पारेका थिए । विद्यालय ठप्प पारेर केही शिक्षक नगरपालिकाको कार्यालयमा धर्ना पनि बसे । मेयरसाहले आन्दोलित शिक्षकहरुसँग वार्ता गरेका थिए । सबैला नगरपालिका ९ स्थित शेखर जनचेतना राप्रावि भठिहनका शिक्षक मनोज यादवले मेयर साहले तिहार अगाडी नै तलब खुवाउने प्रतिवद्धता जनाएपछि विद्यालय ठप्प पार्ने आन्दोलन फिर्ता लिएको बताए । उनले भने, ‘अब बुधवार विद्यालय खुल्छ । तर तिहार अगाबै तलब नपाए हामी पुनः विद्यालय ठप्प पार्न बाध्य हुन्छौं ।’ सबैला नगरपालिका १२ स्थित फकिर चन्द मावि बरकुर्वाका विद्यार्थीहरु मंगलबार टायर बालेर प्रदर्शन गरे ।

शिक्षकहरु विद्यालय ठप्प पारेपछि विद्यार्थीहरु प्रदर्शन गरेका थिए । उनीहरुले पठन पाठन सुचारु हुनुपर्ने माग गरे । प्रदर्शनका क्रममा विद्यार्थीहरुले मेयर साह र शिक्षकहरुविरुद्ध नाराबाजी गरेका थिए ।

Comment


Related News

Latest News

Trending News