२०७८ कार्तिक ११, बिहीबार ०८:१२

जनकपुरधाम । विदेह नगरपालिका–३ चिकनास्थित डिहबार स्थानको सौन्दर्यकरण गरिने भएको छ ।

सौन्दर्यकरण अन्तर्गत पहिलो चरणमा डिहबार स्थानका जग्गा सुरक्षित गर्न पर्खाल लगाईने भएको छ । बुधवार एक कार्यक्रमका बीच विधिवत रुपमा सौन्दर्यकरण कार्यको शिलान्यास गरिएको छ । विदेह नपाका मेयर बेचन दासले शिलान्यास गरेका थिए । करिब एक वर्ष पूर्व सो जग्गा अतिक्रमणमुक्त गरिएको मेयर दासले जानकारी दिए । कार्यक्रममा स्थानीय भद्र भलादमी ,नागरिक समाज तथा सर्वसाधारणहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यस अघि थानको जग्गा स्थानीयवासीहरुले नै अतिक्रमण गरेका थिए । अतिक्रमणमुक्त भएपछि पर्खाल लगाई जग्गा सुरक्षित गर्नु पर्ने आवश्यकता रहेकोले तत्काल नपाले पर्खालको लागि बजेट विनियोजन गर्न लागेको जनाईएको छ ।

Comment


Related News

Latest News

Trending News