२०७८ कार्तिक १२, शुक्रबार ०७:२५
जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।
सिरहा जिल्लाका सरसफाई अभियानी धीरेन्द्र कुमार साहको अगुवाईमा दर्जन भन्दा बढी अभियानीहरुले मन्दिरको प्राँगणमा सरसफाई गरेका हुन् । बिहीबार बिहान आयोजित सो कार्यक्रममा स्थानीय सफाई अभियानी बैद्यनाथ साह, समित मण्डल, अमरचन्द्र अनिल, काठमाण्डु निवासी रंजीता श्रेष्ठ खत्री तथा राधे मिश्रा लगायतका दर्जन भन्दा बढी अभियानीहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । सरसफाई सम्बन्धी जनचेतनाको प्रसारको उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अभियानी साहले बताए ।


