२०७८ कार्तिक १२, शुक्रबार ०७:३१

जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले सञ्चार मन्त्रालयले गठन गरेको संस्थाहरुको पदाधिकारीलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।

बिहीवार जनकपुरधाममा आयोजित प्रेस सेन्टर धनुषाको दोश्रो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले भने,‘सम्बन्धित मन्त्रालयको मन्त्री फेरिएको छ अतः पूर्व मन्त्रीद्वारा नियुक्त पदाधिकारीहरुमा यदि नैतिकता छ भने तत्काल राजीनामा दिनु पर्छ । ’ मन्त्री साहले मिडिया काउन्सिल लगायत पत्रकारसँग सम्बद्ध संस्थाका पदाधिकारीहरुलाई स्पष्टिकरण माँग्दा उनीहरु राजीनामा दिनुको साटो अदालत पुगेको प्रति आक्रोश पनि व्यक्त गरे । उनले जब सरकार अथवा मन्त्री फेरिन्छ त्यसपछि सोकालमा नियुक्त भएका पदाधिकारीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताउँदै उनले भने ,‘ मैले उनीहरुलाई राम्रो सँग काम किन नगरेको भनी किन नहटाउने स्पष्टिकरण मांग्दा उनीहरु अदालत पुगी स्टे अर्डर ल्याएका छन । ’विगतमा मिडिया काउन्सिल लगायतको संस्थाहरुमा भएको पदाधिकारीहरुको नियुक्ति पत्रकारको क्षमता, हैसियत अनुसार नभई कनिष्ठहरुलाई भर्ना गरिएकोले सोको सुधार गरी पत्रकारिता जगतलाई व्यवस्थित र मर्यादित बनाउनको लागि आफू निरन्तर प्रयासरत रहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News