अपडेट 
२०७८ कार्तिक १२, शुक्रबार १२:०९

शुक्रबार नेपाली बजारमा सुनको भाउ ९२ हजार रुपैयाँमा झरेको छ ।

गत बिहीबार बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ४०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँ झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । त्यसो त अघिल्लो बुधबार पनि सुनको भाउ ९२ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।  यस्तै, आज यता तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने गत बिहीबारको मूल्यमा तोलामा ५ रुपैयाँले घट्दै आज एक हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News