२०७८ कार्तिक १३, शनिबार ०७:३१

वीरेन्द्र बजार(सप्तरी) । प्रदेश२ का अर्थ राज्यमन्त्री उषा यादवले मुलुकको विकास र समृद्धिका लागि महिला सक्षम हुनु आवश्यक रहेको बताएकी छन् ।

सप्तरीको सुरुङ्गा नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालय शिशवारीका छात्राहरुलाई शुक्रबार साईकल वितरण गर्दै उनले यस्तो बताएकी हुन् । विद्यालयले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत साईकल वितरणले छोरीहरुको शिक्षामा पहुँच सहज हुने विश्वास व्यक्त गरिन् । साईकल वितरणले शिक्षामा छोरीहरुको सहभागीता बढेको छ, मन्त्री यादवले भनिन–‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान समुदायमा लोकप्रिय बनेको छ । मन्त्री यादवले महिला सक्षम नभएसम्म विकास र समृद्धिको परिकल्पना गर्न नसकिने बताईन् । सामाजिक विकृतिको अन्त्य गर्न छोरीहरु शिक्षित हुनु अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री यादवले देशको विकास र समृद्धिका लागि महिला सक्षम हुनुपर्नेमा जोड दिईन् । मन्त्री यादवले प्रदेश सरकारद्वारा महिला उत्थानका लागि ल्याएको कार्यक्रम असफल पार्ने षड्यन्त्र भईरहेको बताईन् । सरकारको लोकप्रियता देखेर बिभिन्न शक्तिहरु सल्बलाउन थालेको उनले दावी गरिन् । प्रदेश सरकारलाई बदनाम गर्ने नियतले मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको उनले बताइन् । प्रदेश २ सरकारले कसैसँग पूर्वाग्राही सोच नराखेको प्रष्ट पार्दै मन्त्री यादवले विद्यालयको भौतिक पूर्वाधार तथा चौतर्फी विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानकी प्रदेश निर्देशक समितिका सदस्य एवम सप्तरी संयोजक दिल कुमारी चौधरीले साईकलको सदुपयोग गर्नुपर्नेमा जोड दिईन् । उनले मावि शिशवारीका छात्राहरुलाई निरन्तर साईकल सहयोग गर्ने प्रतिबद्धता जनाईन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर राउतको अध्यक्षतामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य महेन्द्र प्रसाद चौधरी, प्रेस मंच नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङ, समाजवादी महिला युनियन सप्तरीका अध्यक्ष मिरा यादव, सुरुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख हिरालाल राणा मगर, शिशवारी म्यापसका प्रमुख कृष्णा प्रसाद तिमिल्सिना, शिक्षक अभिभावक संघका अध्यक्ष काशी कुमार कार्की, चर्चित फिल्म निर्देशक गोपाल प्रसाद चौधरी लगायतले मन्तव्य व्यक्त गर्दै साईकल वितरण कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । शिक्षक केदार कुमार कार्कीद्वारा संचालित कार्यक्रममा स्वागत प्रधानाध्यापक भोगेन्द्र मिश्राले गरे । कार्यक्रममा मन्त्री यादवले कक्षा ८ का २३ जना छात्राहरुलाई साईकल वितरण गरिन् ।

Comment


Related News

Latest News

Trending News