२०७८ कार्तिक १३, शनिबार ०७:५५

वीरगञ्ज । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा शुक्रबार सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा हुने वित्तिय लगानी निवारण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

वीउवासङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महत्व र बोकेको अपार सम्भावना व्यक्त गर्दै यस क्षेत्रमा रहेको चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्या बारे प्रकाश पारे । उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बन्धमा निजीक्षेत्र माझ अझ अन्यौलता कायमै रहेकोले उद्योगी÷व्यवसायी लगायत सर्वसाधारणलाई सो सम्बन्धमा जागरुक तुल्याउन सङ्घले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग समेतसँग सहकार्य गरेर कार्यक्रमको आयोजना गरेको बताए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले वित्तीय अपराधमा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान बारे अहिले पनि निजीक्षेत्र माझ अन्यौल रहेको बताए । भ्रम र असहजता स्पष्ट पार्दै यसको कार्यक्षेत्र लगायत विभागले गर्दै आइरहेको कार्य बारे सरोकारवालाहरुलाई सुसूचित गर्ने अभिप्रायले विभागद्वारा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेका र सोही अनुरुप वीरगञ्जमा समेत आयोजना गरिएको महानिर्देशिक भट्टराईले बताए । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण गर्न अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रयासहरु हुँदै आएको बताए । आपराधिक कार्यबाट आर्जित सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी अपराधलाई निस्तेज पार्ने उद्देश्यले मात्रै सम्पत्ति शुद्धीकरणको अवधारणा ल्याइएकोले निजीक्षेत्र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग डराई राख्नुपर्दैन भन्दै वैध व्यापार गर्नुस् कुनै डर, त्रास मान्नु पर्दैन् उनले भने ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृत तेजप्रकाश प्रसाईंले कार्यपत्र मार्फत् सम्पत्ति शुद्धिकरण अनुसन्धान सम्बन्धी धारणा, त्यसको अपरिहार्यता, सम्पत्ति शुद्धीकरण अनुसन्धान ऐन, नियम ल्याउनुको कारण, सम्पत्ति शुद्धीकरण अनुसन्धान लागु गर्दा हुने फाइदा लगायतका विभिन्न पक्षबारे प्रकाश पारे । कार्यक्रममा सहभागीहरुले सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बन्धी आपूmलाई लागेका जिज्ञासाहरु महानिर्देशक भट्टराई समक्ष राखेका थिए । सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गरेका कार्यक्रममा सङ्घका पदाधिकारी, सल्लाहकार, का.स.स., उद्योगी, व्यपारीहरु र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News