जीतपुर । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ मा गरिबी निवारणकालागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिकाको आयोजनमा खैरवामा भएको अभिमुखीकरण कार्यक्रममा ६० जना महिलाहरुको सहभागिता रहेको थियो । वडा अध्यक्ष बिनोद प्रसाद यादबको अध्यक्षतामा भएको वडा स्तरीय अभिमुखिकरण कार्यक्रममा महिलाहरुलाई उद्यमशिलताको बिषयमा जानकारी दिँदै उनीहरुलाई उद्यमी बनाउँने बिषयमा छलफल भएको मेडपाका दिपनारायण रायले जानकारी दिए । जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख सरस्वती देबी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य पार्बती गौतम ,दलित महिला सदस्य सिता देबी माझी ,वडा सदस्य बन्दु खाँ थारु ,लघु उद्यम बिकास कार्यक्रम मेडपाका उषा बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।


