२०७८ कार्तिक १३, शनिबार १४:०७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्ली इलेक्सन नहुने दावी गरेका छन् । सर्लाहीको कार्यक्रममा सहभागी हुन जनकपुरधाम विमानस्थल आएका प्रचण्डले यस्तो दावी गरेका हुन् ।
उनले भने, ‘अर्ली इलेक्सनको हल्ला त्यतिकै चलेको छ । तर हुँदैन । गठनबन्धनकै सरकार पुरा कार्यकाल रहन्छ ।’ उनले सदन अवरुद्ध भइरहेकाले नागरिकता जस्ता महत्वपूर्ण विधेयक अध्यादेश मार्फत ल्याउने पनि बताए ।
अध्यक्ष प्रचण्डले विवाद चलिरहेको सर्वोच्चका प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबराको विषयमा गठबन्धनको बैठक बसेर आवश्यक निर्णय लिने बताए । उनले कोही नेता कता, कोही कता भएकाले यो विषयमा छलफल हुन नसकेको बताए ।


