जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामकृष्ण यादव आउँदो दिनमा नेकपा एमाले विलीन हुने बताएका छन् ।
धनुषाको शहीदनगर नगरपालिका २ चोराकोयलपरमा दीपावली तथा छठ पर्वको अवसरमा शनिबार आयोजित शुभकामना आदानपदान तथा पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो धारणा राखेका हन् । उनले सबै पदेशमा एमालेको सरकार ध्वस्त भइसकेको र बाँकी रहेको एउटा पदेशका सरकार पनि २/३ दिनभित्रै ढल्ने बताए । उनले अब काँग्रेसको विकल्प नरहेको कुरा जनताले बुझिसकेको र आगामी निर्वाचनमा विजयी हुन संगठन निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औल्याए । उनले महाधिवेशनका लागि हुने अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १३० जना युवा तरुण दलमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई पूर्वमन्त्री यादव लगायतका नेताहरुले स्वागत गरे ।
तरुण दल क्षेत्र नम्बर २ का अध्यक्ष कृष्णा राय यादवको अध्यक्षता र पूर्वमन्त्री यादवको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पूर्व साँसद दिनेश पसैला, शिवधारी यादव, मक्ता यादव, सुधिर गोइत, तरुण दलका धनषा अध्यक्ष संजय लाभ कर्ण लगायतको उपस्थिति रहेको थियो ।


