२०७८ कार्तिक १४, आईतवार ०७:२८

मलंगवा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी(जसपा) नेपाल सँग पार्टी एकताका लागि आफू तयार रहेको बताएका छन् । दाहालले पार्टी एकता गरेमा जसपाका नेताहरुलाई सम्मान र अधिकार दिन कुनै कमी नहुने आश्वासन समेत दिएका छन । एकीकृत अखिल नेपाल, शिक्षक संगठन केन्द्रीय समितिर नेपाल लोकतान्त्रिक शिक्षक फेडरेसन केन्द्रीय समिति बीच एकता घोषणा कार्यक्रमलाई सर्लाही सदरमुकाम मलंगवामा सम्बोधन गर्दै दाहालले जनता समाजवादी पार्टीका नेताहरुसँग एकताका लागि प्रस्ताव राखेका हुन । मधेसी जनतालाई दलहरुले झुक्याइएको आरोप लगाउँदै मधेसलाई माओवादीसँग जोड्न कनै तागतले रोक्न नसक्ने उनले बताए । मञ्चमा संगै बसेका जसपा नेता महिन्द्रराय यादवलाई पार्टी एकता गर्न दाहालले अपील गरे । यादवलाई सम्बोधन गर्दै दाहालले भने, ‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता ढुक्कसंग गरौं । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?’ मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त नहुने र विकास पनि नहुने प्रचण्डले दावी गरे । ‘क्षेत्रीय पार्टीबाट मधेसी जनताको पनि मक्ति हुन्न । पहाडिया जनताको पनि मक्ति हुन्न । महासागर बनाऔं, गहिरिएर हेरौं । अलग–अलग पार्टी बनाउनै पर्दैन’, दाहालले भने, महेन्द्रजी, उपेन्द्रजी सबैलाई हार्दिकतापूर्वक भन्छ, गठबन्धन त हामीले गरेकै छौं । अब एउटै पार्टी बनाऔं ।’ ढिला नगरी पार्टी एकता गर्न आवश्यक रहेको उनले बताए । दाहालले जनकपुरमै पार्टी एकता घोषणासभा राख्न समेत आग्रह गरे । आफूलाई मधेसको मसिहा भन्ने महन्थ ठाकुर र राजेन्द्र महतो मधेसविरोधी केपी शर्मा ओली नेतृत्वमा सहभागी भएको उनले आरोप लगाए ।

न्यालयबारे गठबन्धन साझा धारणा बनाउद

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले न्यायालयमा देखिएको समस्याबारे गठबन्धनका शीर्ष नेताहरु साझा धारणा बनाउने प्रक्रियामा रहेको बताएका छन् । न्यायालय बारेमा गठबन्धन दलको धारणा छिट्टै सार्वजनिक हुने उनले बताए । ‘न्यायालय र राजीनामाबारे मेरो व्यक्तिगत धारणाभन्दा गठबन्धनकै साझा धारणा सार्वजनिक गर्ने क्रममा छौं,’ जनकपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसंगको भेटघाटमा दाहालले भने,‘गठबन्धनका नेता अहिले कोही कता, कोही कता छन । बैठक बस्न ढिलो भएको छ । बैठकलगत्तै हामी आफनो धारणा सार्वजनिक गर्छौ ।’ गठबन्धनले न्यायालयमा देखिएको समस्या समाधान गर्ने दृष्टिकोण बनाउने छ, उनले भने । गठबन्धन स्मथ्ली चलिरहेको छ । कुनै विवाद आएको छैन,’ दाहालले भने,‘दलहरुले आफनो राजनीतिक दायरा बढाउन आफनो कुरा हो । तर गठबन्धनलाई असर गर्ने काम कतैबाट भएको छैन ।’ पतिपक्षीले दिनहु संसद् अवरोध गर्दा पतिनीधिसभालाई  रोकिएको दाहालले बताए । दाहालले नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति हुनुपर्ने बताए । अध्यादेशमार्फत ल्याउनु परे पनि नागरिकता विधेयक सहमतिमै ल्याउने छौ, उनले भने । पतिपक्षीको ्र विरोध जारी रहे नागरिकता, रेल्वे सहितका अति महत्वपूर्ण विषयमा अध्यादेशबाटै भएपनि विद्ययेक ल्याएर अगाडि बढने सहमति भएको उनले प्रष्ट गरे । सञ्चारकर्मीको जिज्ञासामा दाहालले सर्वोच्चले संसद् पुनःस्थापना सम्बन्धी गरेको फैसला तथा संवैधानिक कारणले पनि ‘अर्ली इलेक्नस’मा जान नसकिने बताए । आगामी निर्वाचनमा पनि गठबन्धन मिलेर अगाडि बढने छ, उनले भने ।

Comment


Related News

Latest News

Trending News