जनकपुरधाम । बालविवाह न्युनिकरणको लागि महोत्तरीको विभिन्न ७ वटा स्थानीय तहमा बालविवाह न्युनिकरण स्थानीय प्रणाली शुद्धिकरण परियोजना सुरु गरिएको छ ।
जिल्लाको जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, लोहारपट्टी नगरपालिका, बलबा नगरपालिका, मनरासिशवा नगरपालिका, पिपरा गाउँपालिका र महोत्तरी गाउँपालिकामा उक्त परियोजना लागू हुने भएको हो । युएसएआईएड लगायतका दातृ संस्थाको सहयोग तथा रतौली युवा क्लव महोत्तरीको समन्वयमा सुरु भएको उक्त परियोजना अन्तर्गत माथि उल्लेख गरिएका७ वटै स्थानीय तहका ४९ वटा विद्यालयमा जीवन उपयोगी शिक्षा तथा व्यवहार परिवर्तन सम्बन्धि थप अध्ययन अध्यापन गराईने छ । परियोजना संयोजक सुन्दर हरिजनका अनुसार ४९ वटा विद्यालयमा एकै साथ दैनिक १ सय ७६ वटा कक्षा संचालन हुने छ । कक्षा ६,७ र ८ मा अध्ययनरत विद्यार्थीहरु मध्ये ४ हजार २ ९० जना बालविवाह न्युनिकरण सम्बन्धी शिक्षा, कमजोर विद्यार्थीलाई उपचारत्मक कक्षा तथा व्यवहार परिवर्तन सम्बन्धी शिक्षा दिने उनले बताए । परियोजना अन्तर्गत ४९ वटै विद्यालयमा ४९ जना स्वय्मसेवक समेत राखिएको छ । ती स्वयसेवकलाई पाँचदिने तालिम पश्चात प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका सचिव केशव प्रसाद बिमलीले समाजिक विकृतिको रुपमा बालविवाह न्युनिकरण भएको खण्डमा समाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने बताए ।
बाल विवाहले समाजिक, आर्थिक तथा स्वास्थ्य क्षेत्रका नकरात्क प्रभाव पार्ने गरेकोले स्वयमसेवकहरुलाई आफुले पाएको ज्ञान सदुपोग गरेको खण्डमा समाजिक विकास र देशमा टेवा पुग्ने बताए । कार्यक्रममा रतौली युवाक्लवका कार्यकारी निर्देशक वैद्यनाथ चौधरीले विकास निर्माणको सँगसँगै समाजिक विकासमा पनि राज्यले लगानी गर्नुपर्ने बताए ।


