२०७८ कार्तिक १४, आईतवार ०७:५२

गरुडा । प्रदेश २ का दलित विकास समितिका सदस्य एवम् जनता समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य राजकुमार दासले दलित, गरिव, विपन्न वर्ग र मजदूरको एक मात्र पार्टी जसपा रहेको बताएका छन् ।

अन्य पार्टीले दलित र गरिवलाई उपेक्षा गरेपनि जनता समाजवादी पार्टीले हरेक जात जाति, समुदाय, विपन्न वर्ग एवं दलितलाई पार्टीमा सम्मान अधिकार दिएको नेता दासले बताए । दीपावली एवं छठ पर्वको अवसरमा रौतहटको गरुडा नगरपालिका ९ नयाँ गम्हरिया श्रीपुरमा शनिबार आयोजित पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण सुज अभियान अभिमुखिकरण एवं शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका युवा नेता दासले हरेक जातजाती र समुदायको अधिकारका लागि लड्ने एक मात्र पार्टी जसपा रहेकोले यसैमा लाग्न आग्रह गरेका छन् । नेकपा एमाले, माओवादी, कांग्रेस लगायतका पार्टीले दलित र गरिवलाई कमजोर ठानेर पार्टीमा उच्च ओहोदाको पद नदिने गरेको बताउँदै नेता दासले कसैलाई काखापाखा नगरी सम्मान अधिकार र पहिचान दिन सक्ने एक मात्र पार्टी जसपा नै रहेको दावी गरे । बजेट भागबण्डाको लागि मेयर इनु राय यादवसँग असन्तुष्ट बनेकी उपमेयर जयसवालले वृद्ध र बालपोष्ण भत्ता वितरण गराउन कुनै चासो नलिएको उनले बताए । बजेट भागबण्डाको खेलमा नलागी वृद्धवृद्धा, अपांग, एकल महिला र बालबालिकालाई भत्ता वितरण गराउन सहयोगी भूमिका निर्वाह गर्न नेता दासले उपमेयर जयसवाललाई ध्यानाकर्षण गराएका छन् ।

प्रदेश २ का विकास समितिका सभापति एवं प्रदेश सांसद शेख अब्बुल कलाम आजाद उर्फ फुलबाबुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जसपाका केन्द्रिय सदस्य विन्देश्वर यादव, गरुडा नगर प्रमुख इनु राय यादव, जसपा नेता अनिल यादव, समाजवादी युवा संघका रौतहट जिल्ला अध्यक्ष कौशरखान मिथिला, एमडी सनम लगाएत महिला पुरुषको उत्साहजनक सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News