राजविराज । पछिल्लो समय इन्धन, ग्यास, खाद्यान्न, औषधी, लत्ताकपडा र तरकारीको मुल्य निरन्तर उकालो लागेको छ ।
सम्बन्धित निकायले वास्ता नगर्दा नियन्त्रण हुन सकेको छैन् । जसले गर्दा उपभोक्ता हैरान भएका छन् । चाडपर्व नजिकिदा बजार अनुमगन अहिले तिब्र बनाइएको छ । म्याद गुज्रेका र अखाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गर्ने तथा दर्ता नभई संचालनमा रहेका पसल र उद्योगका संचालकलाई जरिवाना गर्ने काम तिब्र बनाइए पनि बजार मुल्य नियन्त्रणका लागि कुनै ठोस पहल नभएको स्थानीय उपभोक्ताको गुनासो छ । स्थानीय उपभोक्त रामनरेश चौधरीले खाने तेल, इन्धन, ग्यास, खाद्यान्न, लत्ताकपडा र तरकारी लगायतका वस्तुको निरन्तर मुल्य बढ्दै गएको र बजारमा व्यापारीले मनपरी मुल्य कायम गरेपनि नियन्त्रणको पहल कुनै निकायबाट हुन नसकेको गुनासो पोखे । अहिले बजारमा प्याजको ८०, फर्सि १ सय, छिमि ४ सय, काउली २ सय, भान्टा १ सय ५०, आलु ७५, खानेतेल ३ सयदेखी ४ सय सम्म प्रति केजीका दरले बिक्रि बितरण भइरहेको अर्का उपभोक्ता दिलिप दासले सुनाए । यस्तै दाल, गेडागुडी, खाना पकाउने ग्यास, मटितेल, डिजल, पेट्रोल लगायतका बस्तुको पनि मुल्य निरन्तर बढिरहेको सर्वसाधारणको गुनासो रहेको छ ।
यस्तै तिहारलाई अतिआवश्यक चिनि, पिठो, मैदा, काजु, किसमिस, नरियल, छोकरा, ओखर, घर सजाउन प्रयोग गरिने रंगरोहन र बिद्युतीय सामग्री समेत बजारमा मुल्य मनपरी कायम गरिएको सर्वसाधारणले गुनासो गरेका छन् । पछिल्लो समय यसरी निरन्तर भइरहेको मुल्यबृद्धि नियन्त्रणका लागि सरकार गम्भिर नभएको भन्दै स्थानियले यसको जडमै गएर अनुगमन गरि मुल्यमा गिरावटका लागि अविलम्ब पहल गर्नुपर्ने माग गरेका छन् ।


