अपडेट 
२०७८ कार्तिक १५, सोमबार १३:५८

सुरक्षा माग्दै धनुषा जिल्लाभरका शिक्षक आज जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

सबैला नगरपालिकाको रघुनाथपुरस्थित फकिरचन्द उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक बैजु साहलाई विद्यार्थीहरूले दुव्र्यव’हार गरेको विरोधमा शिक्षकहरु आन्दोलित बनेका हुन् ।

नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धनुषाको आह्वानमा प्रदर्शनमा उत्रेका शिक्षकहरुले शान्तिसुरक्षा कायम गर, दोषीलाई कारबाही गर् जस्ता नारा लगाएका छन् । उनीहरुले दुव्र्य’वहार गर्नेलाई कारबाही र शान्ति सुरक्षाको ग्यारेण्टी नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ ।

गत कात्तिक १२ गते शुक्रबारका दिन नियमित पठनपाठन नगराएको र अनावश्यक अतिरिक्त शुल्क असुल गरेको जस्ता आरोप लगाउँदै प्राधानाध्यापक साहलाई विद्यालयअगाडि मोटरसाइकलमा बाहिरिँदै गर्दा विद्यार्थीहरुले कालोमोसो फ्याकी चप्पलले हिर्काएका थिए ।

Comment


Related News

Latest News

Trending News