अपडेट 
२०७८ कार्तिक १७, बुधबार ०७:२५

जनकपुरधाम । कोरोना महामारीले थलिएको व्यापार क्षेत्रमा धनतेरसले उत्साहको संचार गरेको छ ।

दीपावलीको पूर्व सन्ध्यामा मंगलबार धनतेरसको सामान किनमेल गर्नेको जनकपुर बजारमा भीडले व्यापारी उत्साहित देखिएका हुन् । गत वर्षको धनतेरस कोरोना महामारीले प्रभावित बनेको थियो । गत वर्षको तुलनामा यस वर्ष राम्रो कारोबार भएको गणपति ज्वेलर्सका संचालक समेत रहेको जनकपुर उद्योग वाणिज्य संघका एशोसिएट सदस्य राजिव साहले बताए । पाँच दिवसीय तिहार पर्व मंगलबारदेखि विधिवत रुपमा सुरु भएको छ । पहिलो दिन धातुको सामग्री खरिद गरेर मिथिलामा धनतेरस मनाइएको छ । हिन्दु धर्म अनुसार मंगलबारदेखि यमपञ्चक सुरु भएको छ । यमपञ्चकको हरेक दिनको आ– आफ्नै धार्मिक मान्यता रहेको छ । सो क्रममा मंगलबार धन त्रयोदशी अर्थात् धनतेरस पर्व मनाईएको छ । धनतेरसको दिन धातुले बनेको सामग्री खरिद गर्ने चलन रहिआएको छ । यस अवसरमा खास गरेर आ–आप्mनो आर्थिक क्षमता अनुसार भाडाकुंडा, सुन चाँदीका गहना, सिक्का किनेर घरमा राख्ने र लक्ष्मी पूजाको दिन पूजास्थलमा राख्ने गरिन्छ । कुनै सम्पत्ति किनेर घर भित्रियाउनको लागि आजको दिन उत्तम मानिएको छ ।

धनतेरसको दिन खरिद गरेका सामग्रीहरु राखेर पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने जनविश्वास रहेको छ । सोही परम्परा अनुसार जनकपुरधामका सोनापट्टी ,जानकी चोक ,जनकचोक सहितका हाटबजारमा सर्वसाधारणको भीड थियो । धनतेरसको अवसरमा स्टिल, तामा, पित्तल आदिको भाँडाहरु, माटोको मुर्ती, सुनचाँदीका गहनाको खरिद विक्री व्यापक रुपमा देखिए पनि लुगा फाटो लगायतको व्यापारमा भने खासै उत्साह नदेखिएको व्यवसायीहरुको कथन छ ।

Comment


Related News

Latest News

Trending News