अपडेट 
२०७८ कार्तिक १८, बिहीबार १८:०९

नेपालमा बिहीबार थप ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको परिक्षणका क्रममा एन्टीजेन बिधिबाट परिक्षण गर्दा ६९ जना र पिसिआर बिधिबाट कोरोना परिक्षण गर्दा २ सय ८७ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ५ सय १८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९३ हजार ७ सय ८९ निको भएका छन् । हाल ८ हजार ८ सय ९० सक्रिय संक्रमित आइशोलेशन र १ सय १८ जना क्वारेन्टाइनमा छन् ।

Comment


Related News

Latest News

Trending News