२०७८ कार्तिक २२, सोमबार ०७:१२

जनकपुरधाम । छठ पर्वलाई दृष्टिगत गरी यस वर्ष जनकपुरधाममा भारतबाट ३५ ट्रक केरा आयात गरिएको छ ।

भारतको आसाम ,बंगाल तथा बिहार राज्यको हाजीपुरबाट मरिचमान,मालभोग,चम्पा लगायतका केराहरु आयात गरिएको नेपाल फलफूल व्यवसायी संघ जनकपुरधामले जनाएको छ । संघका अध्यक्ष बिश्वेश्वर यादवका अनुसार गत वर्षको तुलना यस वर्षको केराको मूल्य घटेको छ । गत वर्ष एक हजार देखि १५ सयसम्ममा बिक्री भएको एक घरी केरा यस वर्ष बढीमा ८ सयमा विक्री भईरहेको छ । भारतबाट आयात गरिएको केराहरु स्थानीय पुलचोक,मुजेलिया,पिर।री गाउँ,रामानन्द चोक , कुर्था,महोत्तरीको पिपरा तथा जिरोमाईल स्थित फलमण्डी लगायतको स्थानमा विक्री वितरण हुँदै आएको छ । छठपर्वमा धनीमनिले मात्र होइन गरिब तप्काले पनि केरा सजिलै किन्न सकुन त्यसको लागि फलफूल मण्डीमा दुई सय पचासदेखि ७ सय सम्मको घरी उपलब्ध रहेको छ । यसकालागि जनकपुरधाममा २० वटा मण्डी संचालनमा छ । भारतबाट केरा निर्यात गर्दा एक ट्रककै भन्सार बापत एक देखि डेढ लाख सम्म राजश्व बुझाउनु पर्ने बाध्यताको रहेको बताउँदै अध्यक्ष यादवले स्थानीय बजारमा उपभोक्ताले खोजेअनुसारको सस्तो दर हुन नसकेका जनाए । यता नेपालको पूर्वी क्षेत्र सुनसरी ,त्रिवेणी लगायतका स्थानबाट केरा आउने आइतबारदेखि सुरु भएको छ । नेपालमा चम्मा तथा गोपाल केराको उत्पादन बढी हुने गरेको छ ।

भारतको केरालाई औषधिले पकाएपछि लामो समय सम्म सुरक्षित राख्न सकिने भएको हुँदा भारतबाट छिटो नै आयात गर्ने गरिएको र नेपालको केराहरु छठको संन्ध्या अर्घ सम्म जनकपुरधाम आउने गरेको व्यवसायी लक्ष्मीनारायण महतोले बताए । छठपर्वलाई लक्षित गरी नेपालको पूर्वी क्षेत्रका विभिन्न जिल्लाबाट ३० ट्रक भन्दा बढी केरा जनकपुरधाम आयात हुने गरेको छ । व्यवसायी महतोका अनुसार पोहोरको तुलनामा यस वर्ष केराको मूल्य सस्तो रहेको छ । सोही कारणले आफूले यस वर्ष तीन ट्रक केरा मात्रै ल्याएको जानकारी दिए । भारतबाट आयात हुने केरा मध्ये थुप्रै केरा नष्ट भएर जाने गरेकोले समेत मूल्य बढ्ने र घट्ने गरेको छ ।

Comment


Related News