जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खांडले प्रतिपक्षी नेकपा एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताएका छन ।
सोमबार जनकपुरधाम आइपुगेका मन्त्री खांडले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै न्यायपालिकामा देखिएको विवाद संवेदनशील र गम्भीर रहेको टिप्पणी गर्नुभयो । मन्त्री खाणले, ‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र ढंगले नै चल्नुपर्ने सबैको चाहना रहेको र आब न्यायपालिकाको विवाद छिटो अन्त्य गर्ने पहल भईरहेको बताउनुभयो । न्यायपालिकाको विवाद अन्त भए लगत्तै नागरीकता ऐन पास हुने धारणा राख्नुभयो ।
गृहमन्त्री खांडले सदनको गतिरोध हटाउन एमालेसँग आग्रह समेत गर्नुभयो । गृहमन्त्री खाणलाई स्वागत गर्न कांग्रेस नेताहरू रामकृष्ण यादव, मुक्ता कुमारी यादव, प्रदेश मन्त्रीद्वय रामसरोज यादव र विरेन्द्र सिंह तथा सुरक्षा निकायका अधिकारीहरु विमानस्थल पुगेका थिए ।


