२०७८ कार्तिक २२, सोमबार १७:२३

जनकपुरधाम उपमहानगरपालिकाका निर्माण व्यवसायी दिपेन्द्र ठाकुरले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ का गरिव विपन्नहरुलाई छठपुजाका लागि बस्त्र, पुजा समाग्री तथा नगद पाँचसय सहयोग गरेका छन् ।

वडा अध्यक्ष, समाजसेवी तथा भद्रभलादमीहरुका बिच समाजसेवी ठाकुरले एक सय पच्चास भन्दा बढी गरिव विपन्नहरुलाई सारी सहित बस्त्र, गहुँ, नरिवल सहितका पुजा समाग्री र पाँचसय नगद समेत सहयोग गरेका छन् । सहयोग स्वरुप, पाँच किलो चामल, पाँच किलो गहँु, तेल, सारी, साया, बलाउज, रु पाँचसय नगद लगायतका सरसमान गरी जम्मा २ हजार बराबरको प्रति ब्यक्ति बितरण गरेको ठाकुरले बताए । ठाकुरले समय समयमा सामाजिक कार्यहरुमा निःस्वार्थ योगदान दिँदै आएका छन ।

Comment


Related News