२०७८ कार्तिक २३, मंगलवार १४:२८

बारामा बीस लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा बारा बिश्रामपुर गाउँपालिका–५ बकटुवाका ३१ वर्षिय चन्दन कुमार साह रहेका छन् ।

उनलाई वीरगञ्जको घण्टाघरस्थित सडकबाट प्रहरिले पक्राउ गरेको हो । घण्टाघरबाट आदर्शनगर जादै गरेको ना.४८ प. ७६९१ नम्बरको मोटरसाइकललाई कार्यालयबाट खटिएको टोलीले शंका लागी रोकी जाँच गर्दा बीस लाख रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साहमाथि थप अनुसन्धान तथा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रदेश २ मा हुण्डी कारोबार बढेको छ ।

https://www.youtube.com/watch?v=g-EwdEVucS8

Comment


Related News