२०७८ कार्तिक २४, बुधबार ०७:१३

जनकपुरधाम । धनुषाको सबैलामा श्रीमती हत्या आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

सबैला नगरपालिका–३ की ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या आरोपमा प्रहरीले ३५ वर्षीय श्रीमान लालबाबु साफीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताए । छोरा नजन्माएको भन्दै श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेको मृतक अजमेरीको माइती पक्षले आरोप लगाएको छ । लामो समयदेखि छोरा नजन्माएको र दाईजो नल्याएको भन्दै यातना समेत दिएको माइती पक्षको आरोप छ । कार्तिक ८ गते राती रक्सी खाएर श्रीमान साफीले घरमा सुतिरहेकी श्रीमतीको घाँटी थिचेर हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । मृतकका श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चाड पर्वको कारण घटनाको अनुसन्धान प्रभावित भएको र छठ पछि अनुसन्धानलाई तीब्रता दिइने इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सिग्देलले बताए ।

https://www.youtube.com/watch?v=XkySSoQkdnE

Comment


Related News