२०७८ कार्तिक २४, बुधबार ०७:१९

राष्ट्रिय प्रजातन्त्र पार्टी धनुषाको अध्यक्षमा रामचन्द्र यादव चयन भएका छन् ।

मंगलवार जनकपुरधाममा सम्पन्न पार्टीको जिल्ला अधिवेशनले यादवलाई चयन गरेको छ । यादव दोश्रो पटक जिल्ला अध्यक्षमा चयन भएका हुन । अधिवेशनले राप्रपा धनुषाको उपाध्यक्षमा मोहम्मद दाउदलाई चयन गरिएको छ । सदस्यहरुमा इश्वर प्रसाद साह, मनिष चन्द्र साह, रामचन्द्र दास, शान्ति दास, मुकुन्द कुमार झा, हरिनन्द झा, रामसुरत साह, दिलिप साह, रुपा ठाकुर, जानुका दहाल लगायतका रहेका छन् ।

Comment


Related News