अपडेट 
२०७८ कार्तिक २४, बुधबार १६:५४

नेपालमा बुधबार थप ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार ४ सय ७ पिसिआर परिक्षणका क्रममा ३ सय ८७ जना र १ हजार ४ सय ७ एन्टीजेन परिक्षणका क्रममा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १० हजार ७ सय ३८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ६० जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ४ सय ७४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९६ हजार ७ सय ८० जना निको भएका छन् । हाल नेपालमा ७ हजार ५ सय १९ सक्रिय संक्रमित आइशोलेशन र ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News