२०७८ कार्तिक २६, शुक्रबार ०६:४८

जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वरको साहुजीपट्टीस्थित छठघाटमा छठपर्व मनाउने क्रममा साडीमा आगो लाग्दा एक व्रतालु महिला सख्त घाइते हुनुभएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गएराति १० बजे छठघाटमा पूजाको दिप प्रज्ज्वलन गर्ने क्रममा जलेश्वर नगरपालिका– ६ बस्ने ८८ वर्षीया फूलकुमारी कर्णको साडीमा आगो सल्किएकाले उहाँ सख्त घाइते हुनुभएको थियो। आगोले उहाँको महिलाको हात, खुट्टा र शरीरका विभिन्न भागमा पोलेकाले उपचारका लागि तत्काल जलेश्वर जिल्ला अस्पताल लगिएकामा थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएकाले गएराति नै काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।रासस

https://www.youtube.com/watch?v=I9hTRCU9Tqo

Comment


Related News

Latest News

Trending News