![](https://ejanakpurtoday.com/wp-content/uploads/2021/11/rebatiraman.jpg)
सूर्यलाई देवत्व प्रदान गरिएकोछ । उहाँको उपासना–अर्चना विराट रुपमा प्रतीकको रुपमा गरिएको पाइन्छ स्वस्तीक पनि सूर्यको प्रतीक मानिन्छ । यो सैंधव सभ्यता देखि अहिलेसम्म लोकप्रिय भएको पाइन्छ । सूर्यलाई जल अर्पण गर्नु अहिले पनि मैथिल सभ्यतामा प्रचलित रहेको देखिन्छ । मैथिलहरु प्रत्येक दिन नुहाएर जलको अध्र्य दिने गर्दछन । सूर्य पूजाको परम्परा भारत, नेपालमा मात्र न भएर विश्वका अन्य देहहरुमा पनि रहेको पाइन्छ । सूर्य विश्वका अनेक देशमा लोकप्रिय भएको पाइन्छ र सूर्य पूजाको परम्परा पनि रहेको देखिनछ । पर्सियामा मिथ्र, ग्रीकमा हेलियोस र एपोलो, वेबीलोनमा शमस, इजीप्टमा एटनको रुपमा सूर्यपूजा हुने गरेको छ । यूनानी, कुषाण, शक, हुण आदि जातिहरु पनि सूर्यलाई आफनो देवता मान्ने गर्दछन । यूनानीहरु सूर्यलाई तेज कुदने घोडाको रथमा यात्रा गर्ने मान्दछन । सूर्यको अतिरिक्त सूर्यपुत्र फाइथोन सूर्यको रथसँग कहिले काही देखिन्छ ।
आस्टीक सभ्यतामा पनि सूर्यको चर्चा पाइन्छ । मिस्त्रीहरु सूर्यलाई ‘रा’ भन्ने गर्दछन । सूर्य जीवनको लागि अति आवश्यक न भै नहुने तत्व छन । यसको विना जीवनको कल्पना पनि गर्न सकिदैन । यसैको प्रकाश र तापबाट वनस्पति फल र पूmल दिन्छन । सागरको जल मेघ बनेर पानी वरसाउछ । गीतामा स्वर्य भगवान श्रीकृष्णले भन्नु भएको छ कि “म ज्योति मध्ये सूर्य छु ।” भविष्य पुराण एवं वाराह पुराण अनुसार कृष्ण एवं जाबवतीका पुत्र सांब कुष्ठरोगबाट निवारण हेतु सूर्यको पूजा गर्नु भएको थियो । मिथिलांचलमा प्रसिद्ध जीतिया पर्वमा पूजिने जीतवाहन (जीभूतवाहन) सूर्य पुत्र मानिन्छन । महाभारतका महारथी वीर कर्ण सुर्य पुत्र मानिन्छन । मनुष्य मात्र माथी प्रभाव दिने नवग्रहमा सूर्य प्रधान मानिन्छन । कुनै अनुष्ठान गर्दा पंचदेवताको पूजा गरिन्छ जसमा सूर्य प्रमुख हुन्छन । प्राचीनकालमा सूर्य उपसाकहरुको एउटा सम्प्रदाय थियो जसलाई सौर सम्प्रदाय भनिन्छ । यस सम्प्रदायका मानिसहरु निधारमा रातो टीकाबाट सूर्यको आकृति बनाउथै । विहान– बेलुकी सूर्यपूजा गर्ने परम्परा थियो । हामी पनि सूर्यलाई सात घोडाको रथमा सवार भएको मान्दछौं । उषा एवं सूर्य सौर देवीहरु छन ।सूर्य पुत्री सूर्या छिन । विश्वको सम्पूर्ण सभ्यताहरुमा सूर्यलाई कुनै नकुनै रुपमा उपासना गर्ने परम्परा रही आएको पाइन्छ । तेह्रौं शताव्दीमा उडीसा नरेश नरसिंह देवद्वारा कोणार्कमा प्रसिद्ध सूर्य मन्दिर निर्माण गराउन भएको थियो । मध्यपूर्वको लेबनानमा सूर्यको नगर (त्जभ अष्तथ या तजभ कगल) निर्माण भएको थियो । मैथिल संस्कृतिमा अनेक पर्व–त्योहार प्रचलित छन । प्रत्येक महिनामा प्राय कुनै न कुनै पर्व पर्छ नै । छठ पर्वको आफनो बेग्लै महत्व छ । छठ सूर्य अराधनाको पर्न पनि हो । यो पर्व कार्तिक शुक्ल षष्ठी र सप्तमीमा मनाउने परम्परा छ । यो पर्व चैत महिनाको शुक्ल षष्ठी र सप्तमीमा पनि मनाइने गरिन्छ यसलाई चैती छठ पनि भनिन्छ । छठको प्रसंगमा पुराणहरुमा पर्याप्त उल्लेख पाइन्छ । षष्ठी तिथी प्रसंग पौराणिक कथा अनुसार यो सदैव सबैको मनोकामना पूर्ण गर्दछिन, जुन मनुष्य जय प्राप्त गर्न चाहन्छन उनीहरुले यो व्रत गर्नुपर्छ । यो षष्ठी कार्तिकेय की प्रिया र देव सेनाको नामले प्रसिद्ध छिन ।
यो देवी पुत्र हीनलाई पुत्र, पत्नी हीनलाई पत्नी, धनहीनलाइृ धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने देवी छिन । छठ व्रत अति प्राचीन छ र एउटा कथा अनुसार अत्रीमुनी की पत्नी अनुसूया यसलाई प्रारम्भ गरेकी थिइन । त्यसै कारणले अनुसूयाले पतिको अगाध प्रेम र सौभाग्य प्राप्त गरेकी थिइन । महारानी दैपदीले पनि यो व्रत गरेकी थिइन । जसले पति धर्मराज युधिष्ठिरको प्रतिज्ञा पूर्ण भएको थियो र शत्रु माथि विजय प्राप्त गर्नु भएको थियो । एक कथा अनुसार एक पटक सौनक मुनि सुतजी सँग जिज्ञासा राख्नु भयो कि यस संसारमा कोही सन्तानहीन छन त कोहीको सन्तान अल्पायु हुन्छन, कोही रोग ग्रस्त छन । यस सबै समस्याहरुको समाधान कसरी हुन सक्छन । अनि सुतजीले भन्नुभयो– एक समयमा एक राजालाई कुष्ठरोग भयो । त्यो आफनो जीवनबाट आजीज भएर एउटा ज्ञानी ब्राह्मण कहाँ गएर आफनो दुखको निवारणको उपाय सोध्यो । त्यस राजाको राज्यमा सबै प्रजाहरु कुनै न कुनै रोग– व्याधिबाट पीडित थिए । त्यो ब्राह् मणले त्यस राजालाई सूर्यको व्रत गर्न भन्यो । त्यो ब्राहमणले पंचमी देखि सप्तमी सम्मको यस व्रतको विधि बताइ दिनुभयो । त्यो राजा यस व्रतबाट आपूm पनि निरोग भए र प्रजाहरु पनि रोगमुक्त भए । छठीमाइ भन्ने प्रकृतिको छेठौ अंशबाट उत्पन्न भएकोले उनलाई छठीमाइ अथवा षष्ठी देवी भनिन्छ । यी मातृकाहरुमा देवसेनाको नामले प्रसिद्ध छिन । यसै प्रसंगमा देवी पुराणको एउटा कथा अनुसार स्वयंंभुमुनी का पुत्र प्रियवूत राजा हुनुहुन्थ्यो । उहाँ योगी भएको कारणले विहे गर्न चाहन्नथे । ब्रहमाजीको आज्ञाले उहाँले विहे त गर्नु भयो त धेरै समय विती सक्दा पनि सन्तान भएन । अनि महर्षि कश्यपद्वारा पुत्रेष्टि यज्ञ गराइएपछि महारानी मालिनीलाई चरु प्रदान गरियो । चरु भक्षणबाट रानी मालिनी गर्मिणी भइन तर बारह वर्षसम्म पुत्र उत्पन्न भएन । त्यसपछि एउटा तेजमय मृत पुत्र उत्पन्न भयो जसलाई हेर्ने वित्तिकै आमा मुर्छित भइन । मृतपुत्रलाइृ राजाले श्मशानमा लगी त्यहाँ रुन थाले । पुत्र शोकबाट उनी आफनो प्राण त्याग गर्न उध्यत भए ।
त्यसै बेला आकाशमार्गबाट एउटा सौन्दर्य पूर्ण देवी गइरहेकी देखे । त्यस देवीलाई देखेर राजा मृतपुत्रलाइृ जमीन माथी राखी त्यस देवीको पूजन गरे र सोधे– ‘हे देवी तपाईको हुनुहुन्छ ? ठठदेवीले जबाब दीइन– म ब्रहमाजीको मानस कन्या देवसेना छु ।” भनी आफनो परिचय दीइन । यी थिइन षष्ठी देवी । देवीले राजालाई गुणी, ज्ञानी एवं नारायणका कलायुक्त पुत्र को वरदान प्रदान गरी आकाश मार्गबाट विदा भइन । राजा पुत्रको इच्छाले यज्ञ गरे र पुत्र प्राप्त गरे । त्यसै बेला देखियो पर्व मनाउने परम्परा आजसम्म चल्दैछ । छठ पर्व कसरी मनाइन्छ छठ पर्व मनोकामना पूर्ण भएपछि वा भाकल गरेपछ मनाउने परम्परा छ । मैथिल संस्कृति स्त्री प्रधान संस्कृति हो र छठ पर्व पनि प्रमुख रुपमा महिलाहरुद्वारा नै मनाइन्छ । छठ गर्ने महिलाहरु कार्तिक महिनाको शुल्क चतुर्थीको दिन “अरबे अरबाइन” अर्थात स्नान गरी अरवा चामलको भात खान्छिन । यसलाई “नहाखाय” को दिन भनिन्छ । भोली पल्ट पंचमीको दिन दिन भरि उपवास गरी, जलग्रहण समेत नगरी साँझपख माटोको नया चुल्होमा माटोको नयाँ भाँडोमा अरवा चामलमा सकर मिस्त्रीत खीर पकाइ जति भाकल गरिएको हुन्छ त्यति ठाउँमा केराको पतामा नै बेध्य राखी शुद्ध जलले उत्सर्ग गरी छठ पर्व गर्न उपवास गरेकी महिलेले आपूm पनि खान्छिन र परिवारका सदस्यहरुमा पनि बाँडिन्छ । व्रत गर्नेलाई “पवनैतिन” भनिन्छ । यस नैवेध्य राख्ने दिनलाई ‘खरना’ को दिन भनिन्छ । त्यसको भोली पल्ट अर्थात पाष्ठीको दिन विहानै देखि ठकुआ, अरुवा चामलको पीठोमा सकर र मसलाहरु मिसाएर ठूलो ठूलो आकारको लड्डु जस्तो जेसलाई “भुसवा” भनिन्छ, बनाइन्छ । ठकुवा भनेको गहूँको पीठोमा सकर मिसाइ सानेर काठको बनाइएको साँचामा जसमा अनेक प्रकारको फुल–बुट्टाहरु कुंदिएको हुन्छ, मा ती आकारहरुमा बनाइ तेलमा पकाइएका हुन्छन ।
यसको अतिरिक्त केरा, कुसियार, पान, नरिवल, अदुआ, मुला सिंदुर, बाँसको छैटी, चंगेरा, सुपती, डगरी, सुप र माटोको हाथी, धैटो, दीप, सरबा आदिको व्यवस्था गरी चंगेरा, बाँसको छैटी, सुपती, डगरीमा अध्र्य दिने सामाग्रीहरु राखी धूप, दीप आदि समेत सुर्यास्त भन्दा पूर्व कुनै जलाशय, पोखरी अथवा नदी छेउमा परिवारका सम्पूर्ण सदस्यहरुद्वारा लगिन्छ । यो दिन पर्व–उपवास गर्ने महिला नयाँ वस्त्रधारण गर्दछिन । जलाशयमा स्नान गरी अस्ताउदै सूर्यलाई अध्र्य दिन्छन । जसले जलमा उभिने भाकल गरेका हुन्छन त्यो पुरुष र महिला दिन भरी उपवास गरी अध्र्य दिने बेलामा नयाँ वस्त्रधारण गरी जलमा सूर्यतिर फर्केर दुवै हाथ जोरी उभी रहन्छन । यसरी संध्याकालीन अध्र्यदान सम्पन्न हुन्छ । अध्र्य पश्चात महिलाहरु छठीमाइका गीतहरु गाउछिन । केही ठाउँहरुमा संध्याकालीन अध्र्य पश्चात अध्र्यका सामाग्रीहरु घर फर्काइन्छन र भोली पल्ट विहानै ती सामाग्रीहरु पुनः जलाशय छेउ लान्छन । तर कति ठाउँमा सन्ध्या अध्र्य पश्चात पनि ती सामाग्रीहरु घर फर्काउदैनन र रातभरी जलाशय छेउमा नै राखी रहन्छन । भोलीपल्ट सप्तमीको दिन विहान उदाउँदै सूर्यलाई व्रतालु महिलाहरु स्नान गरी अध्र्य दिन्छिन र जलमा उभिनेहरु जलमा उभिएर अध्र्यदान समाप्त भएपछि जलबाट बाहिर हुन्छन । विहानपखको अध्र्यदान पश्चात महिलाहरु छठ सम्बन्धी कथा सुन्छिन र गीतहरु गाउँछिन । त्यसपछि घर फर्की छठ पर्वको प्रसाद ग्रहण गर्दैछन । छठ पर्वमा भाकल गरे अनुसार कोही नाचको आयोजन गरेको हुन्छत कोही भजन कीर्तनको आयोजन गर्दछन । यस अवसरमा पष्ठीको रातभरी युवाहरु नाटक, सांस्कृतिक कार्यक्रमहरु पनि गर्ने गर्दछन । छठ पर्वको केही दिन पूर्व देखिनै मिथिलांचल छठमय भइहाल्छ । जताततै छठका गीतहरु घर आंगन देखि नगरका चौक चौराहाहरुसम्म अनुगुंत्रित हुन थाल्छन ।
व्रत गर्नेहरु छठका सामाग्रीको व्यवस्था गर्न थाल्छन । अब यो छठ पर्व मिथिलांचल अथवा मधेशको पर्व मात्र रहेन । यसको प्रभाव र आकर्षणले काठमाडौं मात्र होइन पहाडको कुनाकाप्चामा पनि यो पर्व मनाउन प्रारम्भ गरिएको देखिन्छ । जनकपुरमा त यो पर्व राष्ट्रिय र अन्र्तराष्ट्रिय पर्यटकहरुलाई पनि आकर्षित गर्न थालेको पाइन्छ ।