२०७८ कार्तिक २६, शुक्रबार ०७:०२

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् ।

समाजवादीको आयोजनामा मंसिर ७ गते धनुषाको विदेह नगरपालिका तीनकौरिया चोकमा हुन लागेको आमसभाको क्रममा नेता झाले औपचारिक रुपमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ । समाजवादी पार्टी अध्यक्ष माधव नेपालको सहभागिता रहने बताइएको छ । आमसभाको तयारी बैठक शुक्रबार हुने कार्यक्रम रहेको छ । माओवादी केन्द्र प्रति आप् mनो कुनै असन्तुष्टि नरहेको बताउंदै नेता झाले माधव नेपालसंग काम गरी आफुले कम्युनिष्ट आन्दोलनमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने भएकोले समाजवादी प्रवेश गर्न लागेको स्पष्ट पारेका छन । टुडे समाचारदातासंगको कुराकानीमा नेता झाले कम्युनिष्ट आन्दोलन भित्र हावी रहेको केपी ओली प्रवृति बिरुद्ध कम्युनिष्टहरु एकजुट हुनु अहिलेको आवश्यकता रहेको बताए । केपी ओलीले गरेको षडयन्त्र र अहंकारले गर्दा कम्युनिष्ट आन्दोलन नै मथ्थर हुने अवस्थामा पुगेकोले सोको विरुद्ध आवाज उठाउन आफुले माओवादी छोडेर समाजवादी तर्फ लागेको उनको कथन थियो ।

Comment


Related News

Latest News

Trending News