२०७८ कार्तिक २६, शुक्रबार ०७:१८

सिरहाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन् ।

भगवानपुर गाउँपालिका वडा नम्बर ४ बाट लागूऔषध नाइट्रोभेट ७५ थानसहित लहान नगरपालिका १९ बस्ने २१ वर्षीय प्रेम मण्डल पक्राउ परेका हुन् । प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका मण्डललाई शंका लागि चेकजाँच गर्दा लागूऔषध बरामद भएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

यस्तै मिर्चैया नगरपालिका-४ स्थित आँपको बगैचाबाट लागूऔषध गाँजा र नाइट्रोभेट-१० ट्याब्लेटसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका २८ वर्षीय अनिथा महरा रहेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले आँपको बगैचामा घुमफिर गरिरहेका महरालाई चेकजाँच गर्दा उनको साथबाट सय ग्राम गाँजा र नाईट्रोभेट-१० लेखिएको १ सय ५० थान ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका उनीमाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको जनाउको थियो ।

Comment


Related News

Latest News

Trending News