२०७८ कार्तिक २६, शुक्रबार १०:५४

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा गरेको आन्दोलनमा प्रहरी हस्तक्षेप भएको छ ।

प्रहरी हस्तक्षेपपछि झडप समेत भएको छ ।  कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको सडकबाट नारा जुलुसहित अदालत परिसर छिर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

केही कानुन व्यवसायी पक्राउ समेत परेका छन् । कानुन व्यवसायीहरुले आज प्रधानन्यायाधीश राणालाई सर्वोच्चमा प्रवेश गर्न नदिने बताएका थिए । प्रहरी र कानुन व्यवासायीहरुबीच धकेलाधेकल र झडपपछि अहिले कानुन व्यवसायीहरु सर्वोच्च अगाडी धर्नामा बसेका छन् ।

Comment


Related News

Latest News

Trending News