अपडेट 
२०७८ कार्तिक २६, शुक्रबार १४:२७

गत बिहीबार तोलामा एक हजार ३०० रुपैयाँ बढेर ९४ हजार रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार थप ४०० रुपैयाँ वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार  आज सुन तोलामा ४०० रुपैयाँले बढ्दै ९४ हजार ४०० रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत शुक्रबार ४०० रुपैयाँले नै बढ्दै ९३ हजार ९०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने गत बिहीबारको तुलनामा थप १५ रुपैयाँले वृद्धि हुँदै एक हजार २८५ रुपैयाँ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News