२०७८ कार्तिक २७, शनिबार ०७:२९

गरुडा । तिहार र छठ सकिए लगत्तै रौतहट जिल्लामा यस बर्षको वर्षे धान काट्न किसानलाई चटारो शुरु भएको छ ।

केही दिन अघि मात्र वर्षाले पु¥याएको क्षतिसँगै खेतमा पाकेको धान काट्न किसान अहिले व्यस्त देखिएका छन् । जिल्लाको माधवनारायण, गढिमाई, गरुडा, वृन्दावन, देवाही गोनाही लगायतका नगरपलिकाका किसान अहिले धान भित्र्याउन व्यस्त छन् । यस वर्ष समयमै वर्षा भएकाले अन्य वर्षको तुलनामा यसवर्ष केही अगाडि नै खेतमा धानबाली पाकेर तयार भएपछि यहाँका किसानहरु धान काट्न व्यस्त बनेका हुन् । यति वेला पूर्वी रौतहटको सिंगारमन धर्मपुर, समनपुर, पल्टुवा, माधोपुर, विरनगरा, गम्हरिया लगायतका ठाउँमा लटरम्म झुलेका घान काट्न यहाँ व्यस्त बनेको माधोपुरका किसान रामज्ञान यादवले बताए । किसानहरुलाई एकातिर धान काट्ने चटारो छ भने अर्कोतर्फ खेताला नपाउँदा धान काट्न समस्या भइरहेको छ । पहिला– पहिला पर्याप्त खेताला पाइन्थ्यो तर हिजो–आज रोजगारीको क्रममा युवाहरु विदेश प्लायन हुन थालेपछि अहिले गाउँ घरमा धान काट्ने खेतालाको अभाव देखिएको छ । खेतालाको अभावमा धान काट्न समस्या भएको १७ विघामा धानबाली लगाएका माधोपुरका विन्देश्वर यादवको गुनासो छ ।

हुन त अहिले धान छाट्ने थ्रेसर मेसिन भित्रिएपछि धान थन्काउन मजदुर खोज्नुपर्ने बाध्यता हटेको भएपनि काट् नलाई कामदारको समस्या हुने गरेको किसान यादवले बताए । यसैबीच जिल्लाका केही किसानले असोजको दोस्रो सातादेखि नै अगौटे धानहरु काटेर तरकारी खेती पनि सुरु गरिसकेका छन । विषेशगरी अगौटे धान लगाउने कृषकहरुले धान कटनीसँगै व्यवसायिक तरकारीहरु उत्पादन गर्ने गर्दछन् । पछौटे धान लगाउने कृषकहरुले भने हिउँदे खाद्यान्न बालीहरु लगाउने गरेका छन्। हिउँदे तरकारी अन्तर्गत काउली, बन्दा, टमाटर, भेडे खुर्सानी, आदि लगाउन कृषकहरुले सुरु गरेको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News