अपडेट 
२०७८ कार्तिक २७, शनिबार १६:५०

नेपालमा शनिबार २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार २ सय २५ पिसिआर परिक्षणका क्रममा २६० र ३ हजार १८ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ११ हजार ७ सय ४७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ७१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ४ सय ७८ जना निको हुँदा हालसम्म नेपालमा ७ लाख ९७ हजार ९ सय २६ जना निको भएका छन् । हाल नेपालमा ७ हजार २ सय ७८ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News