महेन्द्रनगर । सामुदायिक कृषि सहकारी संस्था लिमिटेड नक्टाझिजको सम्पन्न १० औं वार्षिक साधारणसभाले किसानहरुको लागि सहुलियत दरमा ऋण उपलब्ध गराई सहयोग गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका छन ।
सभामा मिथिला नपा–२ का वडाध्यक्ष बिहारी महतोले केही दिन पहिले भएको भारी वर्षाको कारण किसानहरुले व्योहोर्नु परेको क्षतिको फोटो सहितको विवरण वडा कार्यालयमा बुझाउन आग्रह गरे । उनले वडाका किसानहरुको लगत संकलन भइरहेको भए स्थानीय किसानहरुले क्षति विवरण उपलब्ध गराउन सके राहत वितरणको लागि झन सहयोग पुग्ने बताए । संस्थाका अध्यक्ष रितलाल महतोको अध्यक्षतामा भएको साधारणसभामा पूर्व गाविस अध्यक्ष राम प्रसाद महतो, हिमालय यूवा क्लवका अध्यक्ष अरुण कुमार महतो, खानेपानी उपभोक्ता समितिका अध्यक्ष ठकाई महतो लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।


