२०७८ कार्तिक २८, आईतवार १८:२५

सर्लाही २८ कार्तिक । सर्लाहीको लालबन्दी नगरपालिका वार्ड नं २ पुनरवासका दलित परिवार तिरपाल मुनि बस्न बाध्य भएका छन । प्रदेश नं २ सरकारले जनता आवास कार्यक्रम अन्तरगत दलित परिवारलाई दिन भनिएको घर स्थानीय निर्माण समितिले बनाउन ढिला सुस्ती गरेको कारण दलित परिवार तिरपाल मुनि बस्न बाध्य भएका हुन ।

निर्माण समितिको ढिला सुस्ती का कारण आफुहरु तिरपाल तानेर बस्नु परेको पिडित कृष्णा पाशवान बताउछिन । वर्षात मै पुरानो घर ढलिसके का कारण आफुहरु विचल्ली मा परेको उनको पीडा छ । बाल बच्चा सहित चिसो का कारण रातभरि जागेर काटनु परेको उनको दुखेसो छ ।
विगत २ वर्ष देखि घर पाउने आसमा रहेकी लालबन्दी २ पुनरवास कै गिता देवी पाशवान समेतलाई स्थानीय निर्माण समितिको हेलचक्राईका कारण चर्को व्याजदर मा लिईएको ऋण को भारी बोक्नु परेको उनी बताउछिन । दुई वर्ष अधि देखि नै घर पाईन्छ कि भन्ने आशमा थिए तर घर पाइएन,अन्तत चर्को व्याजमा ४ लाख रुपैया ऋण बोकेर आफैले घर बनाउनु परेको पाशवानको भनाई छ ।

यी दुबै जना पिडित त उधारण मात्रै हुन उनी जस्ता गाउमा दर्जनौ पिडित दलित परिवार छन जुन प्रदेश सरकार को जनता आवास कार्यक्रम अन्तरगतको घर पाउने आशमा छन । तर स्थानीय निर्माण समितिको लापरवाही र हेलचक्राई का कारण दुख भोगन बाध्य छन ।
प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तरगत लालबन्दी नगरपालिकामा मात्रै १५ सय घर अति विपन्न तथा दलितलाई बनाईदिने योजना रहेको छ । जस मध्ये ५ सय घर बनाउने सम्झौता समेत भईसकेको जनता आवास कार्यक्रम कार्यान्वयन ईकाई मलंगवा सर्लाही ले जनाएको छ । ५ सय सम्भौता मध्ये अहिले सम्म १ सय ९ वटा घर मात्र निर्माण सम्पन्न भएको इकाईले जनाएको छ । बाकी रहेका घरहरु मध्ये २ सय २६ मा जस्ता राख्ने काम भईरहेको,७७ वटा घर सिल लेवल सम्म काम भएको र ३८ वटा घरमा लिंटर सम्म मात्र काम सकिएको इकाईको भनाई छ । अधुरो रहेको घरहरुमा तुरुन्तै निर्माण कार्य सुचारु ह्ुने समेत जनाइएको छ ।

जनता आवासको घर निर्माण स्थानीय स्तर मै उपभोक्ता समिति र निर्माण समिति बनाएर हुने गरेको छ । घर बन्ने क्रममा ३ किस्तामा निर्माण समितिले पैसा पाउने गरेका छन । स्थानीय स्तर मै निर्माण समितिको बदमासीका कारण र योजना कार्यान्वय इकाईले निगरानी नगरेका कारण समस्या उत्पन्न भइरहेको स्थानीयले आरोप लगाउदै आएका छन ।

Comment


Related News

Latest News

Trending News