२०७८ कार्तिक २९, सोमबार ११:३८

प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिएको छ ।

धर्नाका क्रममा २० जना पक्राउ परेका छन् । सर्वोच्च अदालतको गेट अगाडि धर्ना दिने र प्रदर्शनको तयारी गरिरहेका २० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदर्शनमा रमिता हेरिरहेकाहरुलाई समेत नियन्त्रण लिएको बताइएपनि प्रहरीले पक्राउ पर्ने सबै आन्दोलनकारी भएको दाबी गरेको छ ।  प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएशनले केही दिनयता सर्वोच्च अदालतको गेटमा धर्ना दिँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News