२०७८ कार्तिक २९, सोमबार १७:४४

रौतहटमा दुई बालकको मृत्यु भएको विषयमा दोषीलाई कारबाहीको माग गर्दै शवसहित प्रदर्शन भएको छ ।

मुसा मार्ने औषधी खाएर देवाही गोनाही नगरपालिका–५ स्थित टिकुलियाका संजय मुखियाका ५ बर्षिय छोरा आकाश मुखिया र ३ वर्षीय छोरा विकास मुखिया मृत्यु भएको थियो । स्थानीयले घटना संकास्पद भएको भन्दै सोमबार शव बोकेर दोषीलाई कार्वाहीको मागसहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि प्रहरी र प्रदर्शनकारीबीच ईलाका प्रहरी कार्यालय गरुडामा भएको छलफलमा घटनाको गहनरुपमा अनुसन्धान गरि दोषीलाई कार्वाहीको दायरामा ल्याउने सहमति भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताए ।

वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा रहेका संजय मुखियाको दुवै छोराले शनिवार बिहान ८ बजेको समयमा बान्ता गर्न लागेपछि गाउँमै उपचार भएको थियो । तर त्यहाँ अवस्था उस्तै रहेपछि शिवनगर स्थित संजीवनी अस्पतालमा भर्ना गरिएको थियो । केहि समयपछि  त्यहाँबाट पनि गरुडास्थित अनामिका अस्पतालमा रिफर गरियो भने अनामिकामा झन्डै ८ घण्टाको उपचार पछि थप उपचारको लागि विरगंज स्थित तराई अस्पताल रेफर गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News