जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका कर्मचारीको जिम्मेवारी हेरफेरले मेयर र प्रमुख प्रशासकीय अधिकृत बीच विवाद उत्पन्न भएको छ ।
नगरपालिकाको प्रशासन शाखा र योजना शाखामा करारका कर्मचारी हटाएको विषयमा मेयर र अधिकृत बीच विवाद चर्केको हो । नगरपालिकाको शाखा प्रमुख भएर काम गर्दै आएको करारका कर्मचारीलाई हटाएर निजामती कर्मचारीलाई खटाएपछि मेयर रामज्ञान मण्डलले कार्यकक्षमा बोलाएर दुव्र्यवहार गरेको प्रशासकिय अधिकृत केशवकुमार अधिकारीले बताए । मेयर मण्डलले फोनमै धम्कीपूर्ण सम्वाद गरेका थिए, अधिकृत अधिकारीले भने,‘कार्यालय पुग्दा मेरो कार्यकक्षमा ताल्चा लागेको थियो । खोजबिन गर्दा कसैले केही बोल्न चाहेनन् । पछि मेयरले कार्यकक्षमा बोलाएर कर्मचारीको जिम्मेवारी फेरबदल बारे असन्तुष्टि पोखे । कार्यकक्षमै रहेका मेयरका कार्याकर्ताले दुव्र्यवहार समेत गरे ।’ मेयर र उनका कार्यकर्ताले दुर्वव्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको अधिकृत अधिकारीले बताए । कार्यलयको शाखा प्रमुखको काम सन्तोषजनक नभएका कारण योजना शाखा, प्रशासन शाखा र जिन्सी शाखाका प्रमुख हटाउदा मेयरले धम्कीपूर्ण व्यवहार गरेको उनले भने । आइतबार कार्यालय समयमा पुगेलगत्तै आफूलाई नगर प्रमुख मण्डलले आफ्नो कार्यकक्षमा बोलाएर गाली गलौज गर्दै धम्की दिएपछि भय, त्रासका कारण सोमबार कार्यालय जान नसकेको उनले बताए ।
यसअघि अधिकारी हंसपुरमा आउँदा नगरप्रमुख मण्डलले उनलाई हाजिरी हुन समेत रोकेका थिए । अदालतको आदेशमा अधिकारी कार्यालय हाजिरी भएका थिए । हंसपुरका मेयर रामज्ञान मण्डलले प्रमुख प्रशासकीय अधिकृत अधिकारीले आफूमाथि लगाएको आरोप निराधार रहेको बताए । प्रशासकीय अधिकृत अधिकारीले मेयर मण्डलको धम्कीपूर्ण व्यवहार विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गराउने तयारी गरेको छ ।
https://www.youtube.com/watch?v=aJqxuS3AAA0


