जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उप– महानगरपालिका वडा नं. ९ को वडा सभापतिमा विमलेश कुमार सिंह चयन भएका छन् ।
सोमबार सम्पन्न वडा अधिवेशनमा सिंह सर्वसम्मतबाट सभापतिमा चयन भएका हुन । सिंहको सभापतित्वमा गठित वडा कमिटीमा ३२ सदस्यीय छन् । वडा कमिटीको उपसभापतिमा हरिशंकर यादव र सन्तोष कुमार झा, सचिवमा विमल मण्डल र शिवशंकर पासमान, सह–सचिवमा मोहन लाल कर्ण र नटनारायण यादवलाई चयन गरेको छ । धिरेन्द्र कुमार झा, भोला चौधरी, सुरेश कोइराला, समीर दाहाल, परमेश्वर साह, राजकिशोर यादव खुला तर्फबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन । मधेशी कोटाबाट प्रदिप लाल र अमरनाथ साहलाई चयन गरिएको छ । महिलाबाट अञ्जना पंडित र पूजा कुमारी झालाई क्षेत्रीय प्रतिनिधिमा चयन गरिएको छ । आइतबार भएको अधिवेशनमा दुई समूहबीच चुनाव गर्ने निर्णय भएको थियो । तर, निर्णय अनुसार चुनावको तयारी भएपनि सोमबार सर्वसम्मतिले कमिटी गठन भएको नव निर्वाचित वडा सभापति सिंहले बताए ।
https://www.youtube.com/watch?v=aJqxuS3AAA0&t=4s


