२०७८ मंसिर १, बुधबार ०६:३१

राजविराज । सप्तरीको कंचनरुप नगरपालिकामा मंगलबार विभिन्न पार्टी परित्यागगरी सयौंको संख्यामा नेता कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

जसपा कंचनरुप नगरपालिकाद्वारा आयोजित संगठन सुदृढिकरण तथा वृहत पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् नेवाः देयः दबु प्रदेश २ का अध्यक्ष दक्ष नारायण श्रेष्ठ र पूर्व जिल्ला अध्यक्ष बम बहादुर श्रेष्ठको नेतृत्वमा ४ सय भन्दा बढी कांग्रेसका कार्यकर्ता जसपामा प्रवेश गरेका छन । यसैगरी माओवादी केन्द्र निकट वाईसीएल सप्तरीका उपाध्यक्ष एवम् प्रदेश सदस्य शोभा पासवान, नेकपा राज्य समिति सदस्य रबिन पासवानको नेतृत्वमा माओबादी केन्द्र परित्यागगरी ६ सय बन्दा बढी नेताकार्यकर्ता जसपामा प्रवेश गरेका छन । यस्तै पूर्व जिल्ला उपसभापति भुपेन्द्र चौधरीको नेतृत्वमा सयौ नेता कार्यकर्ता जसपामा प्रवेश गरेको जनता समाजवादी पार्टी नगर समिति कन्चनरुपले जनाएको छ । नवप्रवेशी नेताकार्यकर्तालाई अध्यक्ष उपेन्द्र यादव, पुर्व मन्त्री एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रदेश २ सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा. सुर्य नारायण यादवले गम्छा, टीका र माला लगाई पार्टी प्रवेश गराए ।

Comment


Related News

Latest News

Trending News