अपडेट 
२०७८ मंसिर १, बुधबार १९:४०

नेपालमा बुधबार थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार १ सय ६ पिसिआर परिक्षणका क्रममा ३ सय ६३ जना र १ हजार ८ सय ८७ एन्टीजेन परिक्षणका क्रममा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १३ हजार २ सय ५८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ८३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २०२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९८ हजार ९ सय १६ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ७ हजार ६ सय ३६ सक्रिय संक्रमित आइशोलेशन र ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News