जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवलाई पार्टीका उप–सभापति तथा सभापतिका आकांक्षी विमलेन्द्र निधिका समर्थकहरुले उनकै गाउँमा हुलहुज्जत गरेका छन् ।
मुखियापट्टि मुसहरनिया गाउँपालिकाको वडा नं. ५ र ६ को वडाअधिवेशनमा पुगेका मन्त्री यादवले चोर वाटोवाट आफ्ना मान्छेलाई वडासभापतिमा मनोनित गर्न थालेको भन्दै निधि समर्थकहरुले उनी विरुद्ध चर्को नारावाजी गर्दै उनलाई लखेटेपछि उनी प्रहरी चौकीमा भागेका थिए । गत स्थानीय तहको निर्वाचनमा वागी उम्मेदवार बनेको भन्दै विश्वनाथ यादव र जयकुमार यादवलाई कारवाही गरिएको थियो । तर, मन्त्री यादवले विश्वनाथको कारवाही फुकुवा गरी जयकुमारको कारवाहीलाई यथावत किन राखेको हो भन्दै मन्त्री यादव विरुद्ध निधि समर्थकहरुले हुलहुज्जत गरेका थिए । मन्त्री यादवले रामवावु यादवलाई गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनाएका थिए भने विश्वनाथ यादव र जयकुमार यादवलाई निधिले उस्काएर उम्मेदवारी बनाई बिजयी हुने उम्मेदवारलाई पराजित गराएको र पार्टी हित विपरीत कार्य गरेको व्यक्तिलाई कुन आधारमा फेरी प्रतिनिधि बनाउने भनि प्रश्न गरेका छन् । मन्त्री यादवले बिहीबार अधिवेशन सम्पन्न गर्ने जानकारी दिएका छन् । अहिले धनुषा जिल्लामा भई रहेको वडाअधिवेशनमा अधिकांश वडामा निधि गुटलाई रामसरोज यादवले असफल पार्दै गएका कांग्रेसका नेताहरुको भनाई छ । ‘ निधिलाई कमजोर पारेर मन्त्री यादव आफै बर्चस्व लिन तयार रहेको देखिएको छ । निधिको घर रहेको नगराइन नगरपालिकाकै अधिकांश वडामा निधिका उम्मेदवार हरुलाई पराजित पार्दै यादवका उम्मेदवार बिजयी भएपछि निधि वडा स्तरमै कमजोर देखिएका छन् ।’ उनीहरु बताउँछन् ।
निधि नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिकालागि उम्मेदवारीको घोषणा गरिसकेको अवस्थामा उनकै विश्वास पात्र मध्येका सर्वश्रेष्ठ मानिएका मन्त्री यादवले उनी विरुद्ध मैदानमा उत्रेपछि निधि आफ्नो पालिकामै कमजोर भएका छन् ।
https://www.youtube.com/watch?v=aJqxuS3AAA0&t=6s


