२०७८ मंसिर २, बिहीबार १७:२३

सप्तरीमा राष्ट्रिय जनगणनामा खटिएका एक कर्मचारी पदमुक्त भएका छन् ।

आचार संहिताविपरीत क्रियाकलाप गरेको भन्दै सुपरीवेक्षक पदमा खटिएका मनोजकुमार मेहतालाई पदमुक्त गरेको राष्ट्रिय जनगणना कार्यालय सप्तरीले जनाएको छ।

कार्यालयका जनगणना अधिकारी सञ्जय कुमार चौधरीले सुपरिवेक्षक मेहताले आचार संहिताविपरीत कार्य गरेको पाइएकोले पदमुक्त गरेको बताए ।

स्रोतका अनुसार मेहतामाथि मैथिली मातृभाषा रहेका स्थानीयहरूलाई अर्कै भाषा लेखाउन प्रेरित गरेको आरोप छ ।

Comment


Related News

Latest News

Trending News