२०७८ मंसिर ३, शुक्रबार १४:४४

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभाबाट बिश्वासको मत लिने तयारी गर्नुभएकाे छ। मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले बिश्वासको मत लिन लाग्नुभएकाे हाे ।

बिश्वासको मत प्रयोजनका लागि १४ मंसिरमा कर्णाली प्रदेशसभाको बैठक आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले बिश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएकाे हाे ।

प्रदेशसभा सचिवालयले १४ मंसिर अपरान्ह १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको कर्णाली प्रदेशसभा सचिवालयले जानकारी दिएकाे छ ।

शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । मुख्यमन्त्री भएको लामो समयसम्म पनि शाहीले मन्त्रिमण्डलको पूर्णता दिन सक्नुभएकाे छैन ।

मुख्यमन्त्री शाहीले कांग्रेसका लागि मुख्यमन्त्रीसहित चार मन्त्रालय आफूसँगै राख्न चाहनुभएकाे छ भने माओवादीले सबैभन्दा ठूलो दल भएका कारण चार मन्त्रालय माग गरिरहेको छ । एकीकृत समाजवादीले विगतको सम्झौता अनुसार तीन मन्त्रालय पाउनु पर्ने माग गरेको छ ।

Comment


Related News

Latest News

Trending News