२०७८ मंसिर ४, शनिबार ११:५२

सत्ताधारी भारतीय जनतापार्टिका प्रदेश उपाध्यक्ष एवम लोक सभासदस्य अजय कुमर निषाद वारा जिल्लाको गढीमाइ मन्दिरमा बिशेष पुजापाठ गरेका छन् ।

दुइ दिवसिय नेपालको भ्रमणमा आएको भारतीय सांसद निषादले नेपालको प्रमुख धार्मिक पर्यटकीय गढीमाइ मन्दिरमा पुगेर शुक्रबार बिहान माताको बिशेष पुजा गर्नुभएको हो ।मन्दिरमा पुगेको भारतीय सांसदलाई मन्दिरका प्रमुख पुजेरुले गढीमाई माताको प्रसिद्धि,पांचबर्षमा लाग्ने मेलामा दिइने वलीलगायतका बारेमो जानकारी गराएको थिए ।पुत्रपाप्ती एवम बिशेष मनोकांक्षा पुरा हुने गढीमाईको मन्दिरमा सांसद निषादले आधा घन्टासम्म पुजा आरती गर्नुभएको थियो ।पुजा आरतीको क्रममा उहासंगै मिडिया फर बोर्डर हारमोनी भारतका अध्यक्ष अमरेन्द्र तिवारी,नेपालका अध्यक्ष अनिल तिवारी ,महासचिव रितेश त्रिपाठी लगायतका व्यक्तहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News