२०७८ मंसिर ४, शनिबार १६:५६

तेश्रो रामायण सर्किट र मिथिला र अवधको सम्बन्ध विषयक अन्तर्राष्ट्रिय सम्मेलन

तेश्रो रामायण सर्किट र मिथिला र अवधको सम्बन्ध विषयक अन्तर्राष्ट्रिय सम्मेलन जनकपरुधाममा शनिबारबाट सुरु भएको छ ।

कार्यक्रमा बोल्दै जनकपुरधामका मेयल लालकिशोर साहले, भगवान रामले जनकपुरधाममा आएपछि सार्थकता पाउनुभएको र जनकपुरधामबिना रामायण अधुरो रहेकोले रामायण सर्किटलाई जनकपुरसंग जोड्न अति आव्यस्यक रहेको बताउनुभयो । मेयर साहले जनकपुरधामको ईतिहास त्रेता युगदेखिनै रहेकोले जनकपुरधाम आब धामको रुपमा स्थापीत हुनलागेको उल्लेख गर्नुभयो ।

त्यस्तै, कार्यक्रममा भारत यूपिका कमिस्नर बिशाल सिंहले भारतको अयोध्या र जनकपुरधामलाई जोड्न चाँडै हवाईसेवा र रेलमार्गको काम हुने बताउनुभयो । कमिस्नर सिंहले अयोध्यादेखि जनकपुरधाम जोड्न बस सेवा शुरु हुने साथै डबल लाई रेल्वे ट्रयाकको निर्माण भईरहेको बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख हरिसंकर मिश्रले २०७५ बैसाख २८ गत्ते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालिन नेपालका प्रधानमन्त्री केपी र्शमा ओलीले संयूक्त रुपमा उदघाटन गर्नुभएको जनकपुरधाम अयोध्या बस सेवा पुनः सुचारु गर्न दुबै देशबिच समन्वय भईरहेको बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा श्रीलंकाकी राजदूत हिमाली सुभाषणी अरुण तिलकाले रामायण संर्किट निर्माणले भारत नेपाल र श्रीलंका तिनवटै देशको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । बुद्ध धर्मावलम्बीहरुको कारणले नेपाल र श्रीलंकाको सम्बन्ध रहँदै आएको बताउँदै उनले रामायण संर्किटले दुबै देशबिचको सम्बन्धलाई अझै प्रगाढ बनादै जाने उल्लेख गरिन ।

जनकपुरधाम उप–महानगरपालिकाको आयोजना एवम् राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको सह–आयोजनामा सुरु भएको सम्मेलन आइतबार सम्म चल्ने जनाइएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको सभापतित्वमा सम्पन्न समारोहमा प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्र, नेपालको लागि श्रीलंकाकी राजदूत हिमाली सुभाषणी अरुण तिलका, भारत अयोध्याका कमिशनर बिशाल सिंह, हिन्दु परिषदके उपाध्यक्ष विजेन्द्र मिश्रा लगायत जनकपुधामका सांसद, युवा, विद्यार्थी, तथा समाजिक अभियन्ताहरुको उल्लेखनीय सहभागिता थियो ।

https://www.youtube.com/watch?v=uHe58s1KjgA&t=8s

Comment


Related News

Latest News

Trending News