२०७८ मंसिर ५, आईतवार ०७:२७

जनकपुरधाम । रामायण सर्किट तथा मिथिला र अवधको सम्बन्ध विषयक तेश्रो अन्तर्राष्ट्रिय सम्मेलन जनकपुरधाममा सुरु भएको छ ।

जनकपुरधाम उप– महानगरपालिकाको आयोजना एवम् राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको सह–आयोजनामा सुरु भएको सम्मेलन आइतबार सम्म चल्ने जनाइएको छ । सम्मेलनको शनिबार आयोजित एक समारोहबीच प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्र तथा नेपालका लागि श्रीलंकाकी राजदूत हिमाली सुवासनी अरुण तिलकाले संयुक्त रुपमा दीप प्रज्जवलन गरी उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख मिश्रले अवध र मिथिलाको सम्बन्ध त्रेतायूगदेखि नै रहेकोले रामयण सर्किट निर्माणले दुबै देशबीचको सामाजिक,धार्मिक सम्बन्धलाई अझै सबल बनाउंदै जाने विश्वास व्यक्त गरे । २०७५ बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संयूक्त रुपमा उद्घाटन गरेको जनकपुरधाम अयोध्या बस सेवा पुनः सुचारु गर्न दुबै देशबीच समन्वय भईरहेको उनले जानकारी गराए । उनले जनकपुरधाम र अयोध्या बीचको सम्बन्धलाई थप मजबुत बनाउन सडक, रेल तथा हवाई मार्गबाट जोडेर पर्यटन प्रवद्र्धनको लागि संयुक्त पहल र प्रयास रहेको आवश्यकतामा जोड दिए ।

कार्यक्रममा भारत यूपिका कमिस्नर बिशाल सिंहले भारतको अयोध्या र जनकपुरधामलाई जोड्न चाँडै हवाईसेवा र रेलमार्गको कामको लागि प्रयास अघि बढाइने जानकारी गराए । कमिस्नर सिंहले अयोध्यादेखि जनकपुरधाम जोड्न बस सेवा पुनः सुरु गर्ने संगै डबल लाईन रेल्वे ट्रयाकको निर्माणको काम समेत भइरहेको बताए । उनले मर्यादापुरुषोत्तम श्रीरामको जीवन वृतान्तले मानव जीवन पद्धति सिकाउने हुँदा सोबाट नयाँ पींढीलाई जोड्न समेत रामायण सर्किटले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । ‘समाजको कुरो होस् वनवासको कुरो होस् या भातृत्व प्रेमको कुरो होस श्रीराम कथाले थुप्रै कुरो सिक्न सक्ने उदाहरणहरु छन जसलाई अहिलेको पिंढीलाई जोड्न रामायण सर्किटले महत्वपूर्ण योगदान दिनेछ ।’– उनले प्रष्ट पारे । कार्यक्रममा बोल्दै अयोध्याका सामाजिक अभियन्ता राजेन्द्र सिंह पंकजले राम र सीता दुबै एकै तत्वको रुप रहेको बताउंदै रामलाई जानकीसंग र जानकीलाई रामसंग अलग गर्न नसकिने भएकोले मिथिला र अयोध्याको सम्बन्धबारे शब्दमा बयान गर्न नसकिने उल्लेख गरे । राममन्दिरको निर्माणको थालनीको लागि जनकपुरधाम र भारत बिहारको सीतामढीमै शक्ति अर्थात सीता रहेकोले नै यहिँबाटै जय श्रीरामको नारा सुरु गरिएको अभियन्ता पंकजले बताए । कार्यक्रममा बोल्दै विश्व हिन्दु परिषद् भारतका केन्द्रीय उपाध्यक्ष जिवेश्वर मिश्रले धर्म संस्कृतिको रक्षा बिना कुनै पनि देशको विकास हुन नसक्ने बताउंदै भने ,‘ रामायण सर्किट मार्फत नेपाल–भारत र श्रीलंकाको त्रिदेशीय सम्बन्धको लागि भारत सरकारले काम थालिसकेको छ।’ रामायण सर्किटले राम र सीता तत्वको महत्व मात्र उजागर गर्ने नभइ यसले तीन टा देशकै विकासमा ठूलो योगदान पु¥याउने विश्वास उनले व्यक्त गरे ।

त्यस्तै, कार्यक्रममा श्रीलंकाकी राजदूत हिमाली सुभाषणी अरुण तिलकाले रामायण संर्किट निर्माणले भारत नेपाल र श्रीलंका तिनटै देशको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । बुद्ध धर्मावलम्बीहरुको कारणले नेपाल र श्रीलंकाको सुमधुर सम्बन्ध रहँदै आएको बताउँदै उनले रामायण संर्किटले दुबै देशबिचको सम्बन्धलाई अझै प्रगाढ बनादै जाने उल्लेख गरिन् । रामायण सर्किटले नेपाल–भारत र श्रीलंका बीचको आपसी सम्बन्धलाई मात्र प्रगाढ बनाउने नभइ पर्यटन व्यवसाय मार्फत तीनै देशको अर्थतन्त्रलाई सकारात्मक उर्जा प्रदान गर्ने निश्चित रहेको राजदूत तिलकेको धारणा थियो । जनकपुरधामका मेयल लालकिशोर साहले, भगवान रामले जनकपुरधाम आएपछि सार्थकता पाएकोले जनकपुरधाम बिना रामायण अधुरो रहेकोले रामायण सर्किटलाई जनकपुरसंग जोड्न अति आवश्यक रहेको बताए । मेयर साहले जनकपुरधामको ईतिहास त्रेता युगदेखि नै रहेकोले जनकपुरधाम अब धामको रुपमा स्थापित हुन लागेको धारणा राखे । सम्मेलनले जनकपुरधाम र अयोध्याबीचको सम्बन्ध प्रगाढ बनाउन ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश २ का सांसदद्वय रामअशिष यादव,परमेश्वर साह, डा.गौरांग मिश्रा,मञ्चला झा सहितका वक्ताहरुले आ–आप्mनो धारणा राखेका थिए । सम्मेलनमा रामायण सर्किट र नेपाल भारत तथा श्रीलंकालाई धार्मिक पर्यटकीय मार्गको रुपमा कसरी विकास गर्ने विषयमा केन्द्रीत रहने परिषदका अध्यक्ष डा.गौरांग मिश्रले जानकारी दिएका छन् । मिश्राले दिएको जानकारी अनुसार शनिबार प्रदेश सांसद रामअशिष यादव,अभियन्ता पुनम झा, अयोध्याका कमिस्नर बिशाल सिंह तथा विजय तिवारीले कार्यपत्र प्रस्तुत गरेका छन्। आइतबार घोषणापत्र तयार गर्दे सम्मेलन समापन हुने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News