सर्लाही । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री यादवले राजयोग सेवा केन्द्रको स्थापनाले यस क्षेत्रका व्यक्तिहरुका धार्मिक र अध्यात्मिक विकासमा महत्वपूर्ण योगदान दिएको प्रति धन्यवाद व्यक्त गरे ।
उनले राजयोग सेवा केन्द्रले दिँदै आएको सेवाबारे जति बडाई गरेपनि कम हुने धारणा राखे । हरेक जातजाति, धर्म तथा संस्कृतिको पक्षमा आध्यात्मिक ज्ञान र राजयोगको शिक्षा दिँदै आइरहेको ब्रम्हकुमारी राजयोग सेवा केन्द्र मलंगवा सर्लाहीले रजत जयन्ती महोत्सव धुमधामको साथ मनाएको छ । सर्लाहीको मलंगवामा सेवा केन्द्र स्थापना भएको २५ बर्ष पूरा भएको अवसरमा सेवा केन्द्रले शनिवार एक समारोहको आयोजना गरी रजत जयन्ती मनाएको हो । योग,ध्यान तथा अध्यात्मिक सांस्कृतिक विकासले मात्रै सभ्य समाजको निर्माण हुन सक्ने ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी ब्रम्हाकुमारी राज दादीको धारणा छ । कार्यक्रमको अवसरमा सहभागी मञ्चासीन व्यक्तित्वहरुलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो भने ब्रह्मभोजन समेत गराइएको थियो ।


