२०७८ मंसिर ७, मंगलवार ०७:०२

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा लागु गरिएको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमबारे अनभिज्ञ रहेको देखिएको छ ।

प्रदेश २ मा २ आर्थिक वर्षदेखि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तरगतको छोरी बिमा(मुद्दती खाता) बन्द छ । ‘बेटी पढाउ, बेटी बचाउ’कार्यक्रम अन्तरगत हाल साईकल बितरण भइरहेको छ ।तर साईकल खरिदमा भ्रष्टाचार भएको पुष्टिगर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनलाई अगाडि बढाएको छ । ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमको यथार्थबारे अनभिज्ञ रहेकी राष्ट्रपति भण्डारीले सोमवार मटिहानी रंगशालाको उद्घाटन समारोहमा बोल्दै सो कार्यक्रम प्रशंसनीय रहेकाले देशैभर लागु गर्न सुझाव दिईन् । राष्ट्रपति भण्डारीले भाषण गरिरहेको बखत प्रदेश २ का मुख्यमन्त्रि लालबाबु राउतपनि मञ्चमा थिए ।मुख्यमन्त्रि राउतले राष्ट्रपति भण्डारीबाट प्रशंसा पाएको भीडीयोलाई सार्वजनिक गरेका छन् । कार्यक्रममा राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा जुट्न अनुरोध गरिन् ।मटिहानी नगरपालिका–७ मा नवनिर्मित रङ्गशालाको उद्घाटनगर्दै राष्ट्रपति भण्डारीले प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्बद्ध पक्षलाई आग्रह गरिन् । ‘प्राचीन मिथिलाका अष्टावक्र, याज्ञवल्क्य, गार्गी, मैत्रेयी र राजा जनकसहितका विद्वान, विदुषीको साधना र तपको थलोका रुपमा परिचित छ ’ उनले भनिन् ‘हामीले आफ् नो गौरवपूर्ण विगतलाई सम्मानगर्दै यी सम्बद्ध धरोहरको संरक्षण र सम्वद्र्धन गर्न पर्दछ ।’ यो यथार्थलाई हृदयाङ्गम गरी मटिहानी नगरपालिकाले विशाल रङ्गशाला निर्माण गरेर समयोचित काम गरेको उनले बताईन् । नवनिर्मित रङ्गशालामा हुने अबका नियमित अभ्यासले खेल क्षेत्रमा राष्ट्रिय प्रतिभा जन्माउने विश्वास लिएको उनले जनाईन् ।

मुलुकको तराई क्षेत्र अन्न उत्पादनको उर्वर भूमि रहेको हुँदा कृषिमा नयाँ प्रविधिको प्रयोग र अभ्यास बढाउँदै किसानलाई आधुनिक खेतीतर्फ लाग्न आवश्यक सीप, प्रविधि र सुविधा बढाउन स्थानीय तह, प्रदेश र केन्द्रसहित तीनै तहका सरकारले पहलकदमी लिनपर्ने उनको कथन थियो । नेपालको समग्र इतिहासमा मिथिला क्षेत्रले विशिष्ट स्थान ओगटेको चर्चागर्दै भण्डारीले जनकनन्दिनी सीताको जन्मभूमि रहेको यस ठाउँमा अझै जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास र अशिक्षाले सिर्जित गरिबी अहिलेको चुनौती बनेको बताईन् । शिक्षाको अवस्था फेर्नसँगै बालविवाह, अनमेल विवाह, बहुविवाह, दहेज र तिलक प्रथा एवं बोक्सीप्रथा जस्ता विसङ्गति र विकृति समाजमा अझै देखिनु दुःखको विषय रहेको उनको कथन थियो । ‘हाम्रा प्रयत्न यसको समूल अन्त्यका लागि केन्द्रित हुन आवश्यक छ ’ उनले भनिन् । मटिहानीमा ३ सय वर्ष पहिले स्थापित तत्कालीन संस्कृत पाठशाला र हालको राजकीय संस्कृत माध्यमिक विद्यालयले देशमा शिक्षाको ज्योति छर्न महत्वपूर्ण योगदान दिएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले मटिहानीका धार्मिक सम्पदा लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, तश्मैयाबाबाको खन्ती, पिरबाबा मजारस्थान, लक्ष्मीसागर र नजिकको जलेश्वरनाथ महादेव मन्दिरको संरक्षण, सम्बद्र्धनमा पहलकदमी लिन सकेमात्र आफ्नो गौरवपूर्ण विगत सन्ततिले देख्न÷बुझ्न पाउने उनले बताईन् ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा भएको रंगशाला उद्घाटन समारोहमा प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्रि राउत, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष समेत रहेका सांसद महन्थ ठाकुर, चन्दा चौधरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । करिब तीन करोड लागतमा एक बिघा १९ कठ्ठा क्षेत्रफलमा निर्मित रङ्गशालाको उद्घाटनपश्चात् राष्ट्रपति भण्डारीले मटिहानीस्थित ५ सय वर्ष पुरानो लक्ष्मीनारायण मठको अवलोकन, लक्ष्मीनारायण मन्दिर र सन्त तश्मैयाबाबाको खन्तीको दर्शन र पूजाआराधना गरिन् ।

Comment


Related News

Latest News

Trending News