२०७८ मंसिर ७, मंगलवार ०७:२८

सिरहा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरीराजमणि पोखरेलले केपी शर्मा ओली निरन्तर पाँच वर्ष सत्तामा रहने हो भने निरंकुशता हावी हुने आरोप लगाएका छन् ।

सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनामा पार्टीको वडा अधिवेशन उद्घाटन गर्दै नेता पोखरेलले भने,‘ प्रधानमन्त्री हुंदा केपी ओलीको व्यवहारले निरंकुश क्रियाकलाप छताछुल्ल भएको कुरा अब कसैबाट लुकेको छैन।’ मूलुकलाई अधोगति तर्फ धकेल्न ओली नेतृत्वको सरकारले निरंकुशता लाद्न कुनै कसर बांकी नराखेकोले ओली प्रवृतिको अन्त्य आवश्यक रहेको उल्लेख गरे । असंवैधानिक ढंगबाट प्रतिनिधिसभा बिघटन गरेर ओली नेतृत्वको सरकारले मुलुकलाई निरंकुशतातर्फ धकेल्ने कदमको सुरुवात रहेको बताउंदै उनले ओली प्रवृति विरुद्ध सबै गणतन्त्रवादीहरु एक जुट हुनु पर्ने धारणा राखे । संसद पुरस्थापना पछि राजनीति फेरि लिकमा आएको उनको कथन थियो । नेता पोखरेलले केपी ओलीको बोली र व्यवहारमा फरक व्यक्तित्व भएको बताए । जनता सामु एउटा कुरा गर्ने र बालुवाटारमा ‘र’ का प्रमुखसँग बसेर अरु नै काम गर्ने गरेको आरोप समेत उनले लगाए । आफैले बिघटनगरेको संसदमा अहिले ‘संसद संसदीय मर्यादा अनुसार चलेन’ भन्दै नेकपा एमालेले संसदलाई बन्धक बनाएको आरोप उनको छ । संसद नचल्दा अति आवश्यक कानुनहरु बन्न नसकेको नेता पोखरेलको गुनासो छ ।

Comment


Related News

Latest News

Trending News